राप्रपा कार्यालयमा डोजर चलाउने विषयमा सिडिओ कार्यालयमा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारीमा रहेको काठमाडौं महानगरपालिका प्रहरीको टोलीले डोजर लिएर सोमबार राप्रपा पाटी कार्यालय अगाडी पुगेपछि राप्रपाका नेता तथा कार्यकताहरुले अवरोध जनाएका थिए । महानगरपालिकाले हाईटेन्सन लाइनको तल कार्यालय रहेको भन्दै डोजर चलाउने तयारी गरेको थियो ।

उनीहले महानगरको प्रहरीटोलीले लिएर गएको डोजर छिर्न नदिनका लागि सडकमै सवारी साधनको पासो थापेका थिए । अहिले महानगरको प्रहरी टोलीले अवरोध आएपछि उक्त विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा थप छलफल जारी रहेको स्रोतले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकामा सार्वजनिक जग्गा निर्माण गरिएका र जोखिममा रहेका संरचना हटाउन विगत चार महिना लामो समयदेखि सुचना जारी गरेपनि सुनुवाईृ नभएको काठमाडौं महानगर प्रहरी प्रमुख रानुनाथ पाण्डे बताउँछन् । तर राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपालाई भने काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोलीले शुक्रबार उक्त स्थानबाट सो कार्यलय सोमबारसम्म हटाउन समय तोकिदिएको थियो । महानगरपालिकाको सुचनाको वेवास्ता गरेपछि सोमबार महानगरपालिकाको प्रहरी टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *