वर्षमान पुन – अमला रोकासंग ८ वर्ष पहिले सार्वजनिक भएको तस्विरवारे गलत प्रचार गरियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अमला रोकासंग ८ वर्ष पहिले सार्वजनिक भएको तस्विरवारे गलत प्रचार भएको प्रति आपत्ति जनाएका छन् । सोमबार उनले सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पुनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् – जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई अहिले मसंग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु। राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सवैसंग हार्दिक आग्रह गर्दछु।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *