नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जान सहमत, सरकारले पूर्णता पाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने विषयमा सहमत भएको छ । सोमबार र मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहजीकरणमा बालुवाटारमा बसेको बैठकमाबाट यस्तो सहमति निस्किएको स्रोतले जनाएको छ । दुई दिन सुदुरपश्चिम सरकारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीच भएको छलफलपछि सहमति जुटेकाे हाे ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार छलफलपछि सरकारमा जाने विषयमा सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएकाले सुदुरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पाटीका ७ जना सांसदमध्ये २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिसकिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदुरपश्चिम सरकामा जानका लागि गत साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारीमा पुगेका सांसदहरुलाई फिर्ता बोलाएकी थिइन् । दुई सांसदलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री शाहलाई अध्यक्ष श्रेष्ठले सरकरमा सहभागि नहुने जानकारी दिदैँ पत्र पठाएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *