वृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा


काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्स आफ्नो नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । वृज एडिटिभ्सले काठमाडौंमा रहेको हायात प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सोलुसन्स बजारमा ल्याएको घोषणा गरेको हो । वाटर प्रुफिङका लागि ल्याएको वेदर प्रो प्लस २५० ब्रिज सेफक्रेटले घरलाई पानीले पुर्‍याउने क्षतिबाट बचाउनका साथै पिलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दीगोपन प्रदान गर्ने कम्पनीले बताएको छ । उत्पादनका आवश्यकता र औचित्यताका विषयमा सम्बन्धित विज्ञहरूले आ आफ्नो धारणा राखेका थिए ।

बजारमा आएका विभिन्न उत्पादन मध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाइ प्रयोग गर्न सकिन्छ भने ब्रिज सेफक्रेटलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । यसका अतिरिक्त एडमिक्सर सोलुसन्स अन्तर्गत वृज एडिटिभ्सले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ५५० र अल्ट्रसेन १०० पनि बजारमा ल्याएको छ । कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य व्यक्त गर्दै उत्पादित वस्तुले ग्राहाक तथा निर्माणकर्मीहरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *