सार्वजनिकस्थलमै बुहारी कुटेको भिडियो भाइरल भएपछि ससुरा पक्राउ

काठमाडौं । प्रहरीले सार्वजनिकस्थलमा बुहारी कुट्ने पुरुषलाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–११, विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले छोरा–बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुने गरी बुधबार कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोक्ने प्रयास गरेका थिए । तर उनले ती महिलाहरुमाथि पनि हातपातको प्रयास गरेका थिए । मदिरा पिएर कुटपिट गरेका भर्थरीले यसअघि पनि बुहारीमाथि कुटपिट गर्दै आएको पीडितले बताइन् । ‘मोबाइलमा सिनेमा हेरिरहेको समय ससुराले एकाएक कुटपिट सुरु गर्नुभयो,’ उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकाले दुखिरहेको छ । कपाल लुछ्दै लात्तीले हिकाउँदै घरबाहिर ल्याएर कुटपिट गर्नुभयो ।’

प्रहरीले अभियोगी भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय बाँसगढीले पक्राउ गरेको हो । इप्रका बाँसगढीका प्रहरी निरीक्षक सुधीर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *