रिलायबल नेपाल लाइफको खुद नाफामा बृद्धि


काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले ४३ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ करोड ४८ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नाफा ५७.२८ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ४७ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ७७ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आय बढेर ७० करोड ४८ लाख र बीमालेख धितो कर्जाबाट ९० लाख आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ११ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ५० करोड ८० लाख र व्यवस्थापन खर्च बापत ५६ करोड ४७ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ४७ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ६ अर्ब ६३ करोड रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १५.४४ रुपैयाँ रहेको छ भने नेटवर्थ १५८.२३ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *