नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिए


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको छ । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ । सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ ।

डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन् । यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *