ठूलोखोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ । सो योजना २२।५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *