प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध नगर्ने


काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । हिजो एउटा सहमति भएको छ । आज संसद् बैठक अवरोध गर्दैनौँ, एमाले संसदीय दलका सचेतक महेश वर्तौलाले भने ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका थिए । उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सत्ता पक्षले सहमति जनाएको र उक्त प्रतिबद्धतामा अडिए संसद् चल्ने बताएका थिए । ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *