मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा मनसुन तुलनात्मक रुपमा सक्रिय छ । नेपालमा अहिले भारतको उत्तर–मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जसका कारण नेपालका विभिन्न भागमा पानी परिरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एक,दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । विभागले राति देशभर सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *