प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गर्ने ५८ को नरेश गौतम पक्राउ

काठमाडौं । प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाल्पा जिल्लाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारा बस्ने वर्ष ५८ को नरेश गौतम बिहिबार प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको प्रहरी जवान पदमा जागिर लगाई दिने प्रलोभन देखाई पटक पटक गरी गौतमले वर्ष २२ की सरीता (नाम परिवर्तन) लाईदुई लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले वडा प्रहरी कार्यालय लमही दाङमा दिएको जाहेरीका आधारमा गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरी वडा प्रहरी कार्यालय लमहील्याएको हो।उनलाई ठगी मुद्दामा दाङ जिल्ला अदालतबाट १२ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *