लिलामणिको बयान – म अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिन्छन्

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा आफू अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिने बताएका छन् ।

पौडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको बयानमा आफू मुछिने हो भने तत्कालीन प्रधानमन्त्री र सबै मन्त्रीहरु अभियुक्त हुनुपर्ने दावी गरेका छन् । गत साउन २८ गते ब्युरोको कार्यालय पुगेर दिएको बयानमा बयानमा पूर्वमुख्यसचिव पोडेलले ललितानिवास जग्गा हिनामिना प्रकरणको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का सदस्यसहितका निर्णयकर्ताले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

पौडेलले बयानमा भनेका छन्, ‘यदि यो बिषयमा म अभियुक्त हुन्छु भने मन्त्रिपरिषदका सदस्यहरु के कारणले छानबिनको दायरामा पर्दैन ? उनीहरु त निर्णयकर्ता हुन् नि, निर्णय रोक्न पनि सक्छन् ।’ पौडेल मुख्यसचिव हुँदा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

उनले सरकारी जग्गा अपचलन भएको बिषय धेरै गहिरो अनुसन्धानबाट खुलेको बताउँदै यस्ता कुरा मुख्यसचिव बनेको भोलिपल्टै थाहा नहुने पनि उल्लेख गरेका छन् । उनले बयानमा भनेका छन्, ‘कानुनी रुपमा थाहा पाउनै पर्ने दायित्व भएको भए त्यो मैले जिम्मेवारी लिनैपर्छ, तर त्यस्सो छैन ।’

ब्युरोले लीलामणिसहित दुईजना पूर्वप्रधानमन्त्री र केही मन्त्रीसहित बयान लिएर २८६ जनालाई प्रतिवादी बनाउँदै गएको सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *