साताको अन्तिम दिन नेप्से ३१ अंकले घटेर बन्द , १ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१।५२ अंकले घटेर २ हजार १३।९३ अंकको विन्दुमा ओर्लिएको छ भने १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २।९२ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक २।५० प्रतिशतले, डेभलपमेन्ट बैंक २।२३ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स २।२२ प्रतिशतले र लाइफ इन्स्योरेन्स २।१४ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

आज पनि कुथेली बुखाहारी हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८।५४ प्रतिशतले घट्न पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *