इमरान खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ ।

विदेश भ्रमणका क्रममा पाएका उपहार लागेको आरोपमा यसअघि तीन बर्षको जेल सजाय पाएर कैदमा रहेका खानलाई मंगलबार उच्चअदालतले जमानतमा रिहा गर्न आदेश दिएको जियो न्यूजले जनाएको छ । इमरानलाई अगस्त ३ मा तीन बर्षको सजाय सुनाइएको थियो ।

यो विषयमा रिहा हुने भएपनि इमरानविरुद्ध अझै धेरै मुद्दा दर्ता रहेको र तीमध्ये दुईवटा मुद्दामा अनुसन्धान एजेन्सीहरूले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

‘द एक्सप्रेस ट्रिब्युन’का अनुसार संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) का टोलीहरू उनीहरूलाई पर्खिरहेको उल्लेख गरेको छ । यसैबीच इमरानका वकिलहरुले अदालत समक्ष अन्य मुद्धामा इमरानलाई पक्राउ नगर्न आदेश दिन माग गरेका थिए ।

एफआईएले गोप्य पत्र चोरी (साइफर गेट काण्ड) र मे ९ को हिंसाको सम्बन्धमा एनएबीसँग सोधपुछ गर्ने बताइएको छ । एनएबीले सोधपुछका लागि ९० दिनसम्म आफ्नो हिरासतमा राख्न सक्ने कनुनु व्यवस्था रहेकाले इमरान अब पक्राउ परेमा ९० दिन एनएबीको हिरासतमा हुनसक्ने बताइएको छ । यस अवधिमा सर्वोच्च अदालतलगायत कुनै पनि अदालतले उनलाई जमानत दिन सक्नेछैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *