प्रधानमन्त्रीले शक्तिका आधारमा दमन गर्न मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० स्वीकार्य नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० स्वीकार्य नहुने बताएका हुन् । यसको कांग्रेसले विरोध गर्ने समेत बताए । नागरिकको अहितका विषयमा रहेको भन्दै उनले यस्तो बताएका हुन् । थापाले प्रधानमन्त्री प्रचण्डालाई सत्तामा बहुमत रहेकाले यसरी उक्त विधेयक बलमिँचाईले पारित नगर्न समेत आग्रह गरे । यस विधेयकमाथि धेरै प्रश्न खडा भएकाले पारित गर्न नमिलने उनको भनाइ थियो । संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको महामन्त्री थापाले टिप्पणी गरे ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएकाले नेपाली कांग्रेसले यसको सर्मथन नगर्ने बताए । महामन्त्री थापाले २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट भएकाले यसको भारी नबोक्न पनि कानुनमन्त्री धनराज गुरुङलाई आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *