इमरान खान पुन: हिरासतमा

काठमाडौँ । उच्च अदालतले जमानतमा रिहा गर्ने आदेश दिएका पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान अर्को मुद्धामा फेरी पक्राउ परेका छन् ।

मंगलबार इस्लामावादस्थित उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएपनि इमरानलाई संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले हिरासतमा लिएको जियो न्यूजले उल्लेख गरेको छ ।

इमरान प्रधानमन्त्री भएको बेला विदेश भ्रमणका क्रममा पाएका उपहार लगेको आरोपमा यसअघि तीन बर्षको जेल सजाय पाएर थुनामा रहेका थिए ।

पाकिस्तानी मिडियाहरुका अनुसार संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरानलाई गोप्य पत्र चोरी (साइफर गेट काण्ड) र मे ९ को हिंसाको सम्बन्धमा सोधपुछ गर्न पक्राउ गरेको बताइएको छ । एनएबीले सोधपुछका लागि ९० दिनसम्म आफ्नो हिरासतमा राख्न सक्ने कनुनु व्यवस्था रहेकाले इमरान अब पक्राउ परेमा ९० दिन एनएबीको हिरासतमा हुनसक्ने बताइएको छ । यस अवधिमा सर्वोच्च अदालतलगायत कुनै पनि अदालतले उनलाई जमानत दिन सक्नेछैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *