माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा


काठमाण्डौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९।८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने बैकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *