समाजवादी मोर्चाको पोखरामा सन्देश सभा

काठमाडौं । समाजवादी मोर्चा नेपालले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा आयोजना गरेकाे छ ।

गण्डकी प्रदेशस्तरीय पोखरामा हुने सन्देश सभा सभागृहमा मध्यान्ह १२ बजे हुने जनाइएको छ । उक्त कार्यक्रमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे ।

सम्बोधन कार्यक्रमा प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ उपस्थित हुने स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *