नेपाली क्रिकेट टिमलाई समर्थन गर्न रवि र बोलेन श्रीलंका जादै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता नेपाल र भारतको क्रिकेट हेर्न लगायत टीमलाई हौसला दिनका लागि श्रीलङका प्रस्थान गरेका छन् ।

नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए । श्रीलंकाको पाल्लेकेलमा एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ बजे बाट सुरु हुनेछ ।

यस्तै काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि नेपाली टीमको हौसला बढाउनका लागि नै श्रीलङका जाने भएका छन् । मेयर बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत श्रीलंका जान लागेका हुन् ।

समूह ए मा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

श्रीलंकाको पाल्लेकेलमा एसिया कप क्रिकेटको दोश्रो खेलमा नेपाल र नेपाली खेलाडीको हौसला बढाउन नेपाल र अन्य बिभिन्न ठाउँबाट श्रीलंका जानेको लर्को लागेको छ । सोहिकारण पनि बालेन र रबि जान लागेका हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *