कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासबाट हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पेस हुने भएको छ । आज (आइतबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले सुनुवाईका लागी पुर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिए। मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको थियो । उक्त रिट निवेदनमाथी गत भदौ ७ गते प्रारम्भिक सुनुवाइ गर्दै गत न्यायाधीस इश्वर खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो। भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

मुद्दाको अर्को पेशी यही भदौ १८ गते लाई तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *