जनकपुर रेल वे बन्द हुनु भनेको लाज मर्दो कुरा हो : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर रेल वे बन्द हुने अवस्थामा पुग्दा समेत सरकारको ध्यान नगएको प्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसद झाले इन्धन उपलब्ध गराउन नसकेर बन्द हुने अवस्थाका पुगेको बताए । उनले भने, ‘जनकपुर रेल वे ऐतिहासिक र त्यहाँका स्थानीयको दैनिकी र प्रत्यक्ष जीवनसँग जोडिएको साधन हो । त्यो बन्द हुन नपरोस् बन्द नहोस् ।त्यो एकदमै निन्दनीय लाजलाग्दो कुरा हुनेछ ।

’ सांसद झाले सरकारले यो विषयलाई गम्भीर भएर हेर्न र यस्तो लाजमर्दो कार्य नहोस् भनेर आफूले सरकारको ध्यानाकर्षण गराएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *