अभिनेत्री वर्षा सिवाकोटी कोलम्बोमा

काठमाडौं । नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी कोलम्बो पुगेकी छन् ।

अभिनेत्री सिवाकोटीले पनि कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा भन्दै उनले फोटो सेयर गरेकी हुन् । फिल्म निर्माता तथा अभिनेता स्वतन्त्रप्रताप शाह पनि कोलम्बो पुगेका छन् । स्वतन्त्रले कोलम्बो पुगेर नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीलाई राष्ट्रिय झण्डा प्रदान गरे ।

नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं मेयर बालेन्द्र साह बालेनसहित सयौं नेपाली कोलम्बो पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *