सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौँ । हङकङबाट नेपालमा गरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ । ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *