६० किलो सुन प्रकरण : सहसचिव झलकरामसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

स्रोतका अनुसार अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप)मा कुरा गरेको भेटिएको छ । ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भइ बाहिरिएको अवस्थामा ठूलो मात्रामा सुन बरामद भएको थियो । सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *