आज कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिर सहित)

ललितपुर । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।

कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरूको भीड लाग्ने गर्दछ । साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रूपमा मनाउने गरिन्छ । आज देशभर भगवान् श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । आजका दिन देश भरका भगवान् विष्णुका मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

तस्बिरहरु

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *