राष्ट्रिय वाणिज्य बैंकले इभी गाडी किन्न एक करोडसम्मको लोन दिने


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेस्टिभ अफर नामक विशेष योजना ल्याएको छ । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नारासाथ भदौ २६ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो । विभिन्न विशेषतासहितको यो योजना अन्तर्गत ग्राहकले ९.९५ प्रतिशत व्याजदरमै इभी लोन पाउने भएका छन् । जुन सबैभन्दा न्यून रहेको बैंकको भनाई छ ।

बैंकका अनुसार ग्राहकले उक्त व्याजदरमा बढीमा एक करोड रुपैयाँसम्म लोन लिन सक्नेछन् । त्यस्तै, प्रशोधन शुल्क ०.२५ प्रतिशत र अग्रीम भुक्तानी लागत मूल्यको २० प्रतिशत तोकिएको छ । सीमित अवधिको लागि मात्र लागू हुने यो योजनामा बैकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने समेत बैंकले जानकारी गराएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सोको खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । उक्त नीतिलाई पुरा गर्ने उद्देश्यसहित सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको दशैं तिहारको अवसर पारी यो योजना ल्याएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *