बीवाईडीको डल्फिन गाडी सार्वजनिक


काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘डल्फिन’ गाडी ‘लन्च’ गरेको छ । कम्पनीले नाडा अटो शोको एक दिन अगाडी आज गाडी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइन्छ । १८५ एम.एम.को ग्राउन्ड क्लियरेन्स भएकोको लम्बाई ४ हजार ७० एमएम, चौडाई १ हजार ७ सय ७० एमएम र उचाई १ हजार ५ सय ७० एमएम रहेको छ ।

डल्फिनमा फ्ल्याटवटम मल्टी फङ्सनल स्टेयरिङ ह्वील, १२.८ इन्चको फ्लोटिङ टच स्कृन, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, पछाडिको सिटमा बस्ने यात्रुका लागि आर्मरेष्ट जस्ता फिचर छन् । डल्फिनमा ४४.९ किलोवाट आवर ब्याट्री रहेकोले सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । यो गाडिमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ भने यसको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । गाडीको मूल्य ३९ लाख ८० हजार तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *