संविधानकै कारण कोशीमा विवाद सिर्जना हुँदै आएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेख गरेको विषयमा नै त्रुटी भएको बताएका छन् । कोशी प्रदेश विराटनगरमा समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले कोशीमा संविधानकै कारण विवाद उत्पन्न भएको उल्लखे गरेका हु्न् । उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्थाको कारण समस्या पैदा भएको दावी गरे ।

अध्यक्ष यादवले मन्त्री बन्ने प्रक्रियामा प्रक्रिया लामो बनाएकै कारण विभिन्न समस्या सिर्जना भएको भन्दै बहुमत र अल्पमतका आधारमा नेतृत्व चयनलाई ध्यानमा राख्नुपर्ने धारणा प्रस्तुत गरे ।

नेपालको संविधानमा मन्त्रीमण्डल बन्ने प्रक्रिया लामो भएको प्रति असन्तुष्टि व्यक्त गर्दै यसाई छोटो पार्नुपर्ने उनले बताए । यादवबले यादवले कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको हुनाले मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *