स्कोप साकोसको ३१औं स्थापना दिवसमा स्वास्थ्य शिविर


काठमाण्डौं । स्कोप बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवस अवसरमा नयाँ काउण्टर उद्घाटनका साथै स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाका अध्यक्ष विरकाजी शाक्य र संस्थापक अध्यक्ष किशोरभाई बज्राचार्यले सयुक्त रुपमा नयाँ काउण्टरको उद्घाटन गरेका थिए । लाइफलाइन हेल्थ होम केयर प्रा.लि.को सहकार्यमा स्वास्थ्यशिविर आयोजना गरिएको संस्थाका सचिव आनन्दबीर बज्राचार्यले जानकारी दिए ।

शिविरमा जनरल मेडिसिन, अथोर्पेडिक, गाइनोलोजी, डेन्टल र आँखासम्बन्धी चिकित्सकबाट निस्शुल्क स्वास्थ्य परामर्श दिइनुका साथै प्याथोलोजी जाँच गरिएको थियो । त्यसैगरी पीसीए प्रोटेस्ट, प्याप टेस्ट, लिभर फङ्सन टेस्ट जाँच गर्नुका साथै इसीजी लगायत अन्य परीक्षणमा २० प्रतिशत छुट दिइएको थियो । संस्थाको आफ्नै भवनमा आयोजित शिविरबाट १२५ जनाले सेवा लिएको बज्राचार्यले जनाए ।

संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत २०७९ सालमा एसइइ परीक्षा दिइ उत्तीर्ण भएका ६३ जना सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको थियो । संस्थाका व्यवस्थापक प्रबन्धक बाबुराजा बज्राचार्यका अनुसार संस्थाको शेयर पुँजी ७ करोड ६ लाख २२ हजार, बचत संकलन ७० करोड ६७ लाख, जगेडा कोषमा ७ करोड ५ लाख, कुल संस्थागत पुँजी ९ करोड २२ लाख, विभिन्न कोषहरुमा ३ करोड १ लाख गरी कुल सम्पत्ति ९४ करोड ४१ लाख पुगेको छ । संस्थाले ७२ करोड १६ लाख ऋण लगानी गरेको छ । संस्थामा ४५४६ जना सदस्य आवद्ध रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *