नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध छु ः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् । उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु ।

पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *