नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी पनि ः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो ।

लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली , उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *