साहित्यकार तथा पत्रकार पराजुलीको निधन


काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् । पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *