माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा


काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९।८० को साधारणसभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया संचित रहेको बैंकले जानकारी गराएको छ । हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *