सुन तस्करी प्रकरण : रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटियो

काठमाडौँ । सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ । तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना नेपाली र ९ विदेशी छन् । त्यसमध्ये अझै १८ जना फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । बुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् ।

साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *