असोज १४ देखि प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ


काठमाण्डौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणलाई असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर प्रति कित्ता २३७.५८ मा शेयर बिक्री गर्न लागेको हो। यस निष्काशनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । सोनापुरले शेयर निष्काशन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्टको शेयर सुचिकृत छ । सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ । सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *