पौडेलले भने- प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् ।

ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्रीलाई काम गर्न आग्रह गर्नुपर्ने बताए । बैठकमा उनले भने,‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन ।’ कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने,‘सरकारमा बस्नुमात्र उपलब्धि होइन ।’

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=993094872015862

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *