माछापुच्छ्रे बैंककी संस्थापक कार्कीले ६२ हजार कित्ता सेयर बेच्दै


काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको ६२ हजार १ सय ६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।

बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माछापुच्छ्रे क्यापिटल सुनधारामा सम्पर्क गर्नु पर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *