सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

उक्त छुट सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मात्र पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *