हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्यको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि।को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमाआयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि।प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी १५० करोड रूपैयाँ तथा जारी तथा चुक्ता पुँजी रु।११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२।५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँका दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरिसकिएको छ ।

भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *