संसदीय समिति द्वारा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

क्रमबद्ध रुपमा चिकित्सकमाथि आक्रमण हुन थालेपछि चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गरेर शान्त वातावण सिर्जना गर्न ,स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ समिति सभापतिले निर्णय सुनाएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिए । समितिले वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई अनुरोध गरेको छ । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबिच विहीबार ६ बुँदे सहमति भएको छ ।

उक्त सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बन्द गरिएका अस्पतालका सेवा सुचारु भएका छन् । सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा वर्षमा एक पटक विशेषज्ञ सेवा सहित स्वास्थ्य सिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष सहमतिमा आएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *