सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति , आन्दोलन कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ ।

सहमतिसँगै शिक्षहरुको आन्दोलन समेत फिर्ता भएको हो । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *