भविष्य साकोसको १४ ओै वार्षिक साधारणसभा सम्पन्न


भक्तपुर । भविष्य बचत तथा ऋण सहकारी संस्थाको १४ ओै बार्षिक साधारणसभा तेजवहादुर च्वामु श्रेष्ठका सभापतित्वमा सम्पन्न भयो । प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र के सिले पानसमा बत्ति बालेर कार्यक्रम शुभारम्भ भएको थियो । संस्थापक अध्यक्ष तथा वरीष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठ, प्रमुख अतिथि सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका कृष्णभक्त घजु,सहकारी बैंक ठिमी,प्रमुख सीता भटराई , घरपरिवार वचत तथा श्रण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण बिष्ट,सलाम पाखा बचत तथा ऋण सहकारी संस्थाकी प्रतिनिधी रीता सिलवाल ,पाञ्चायण महिला वचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष संगिता पराजुलि , सल्लाहाकार राजकुमार कार्कि ,सल्लाहकार लाल बहादुर खड्का ,प्राबिधिक सल्लाहकार जनक श्रेष्ठ, लेखा संयोजक यशोदादेवी नेपाल ,सुर्यविनायक नगर पालिका वडा नं ३ वालकोट महिला जनप्रतिनिधि हेमा दाहाल,संस्थाको उपाध्यक्ष सरश्वति घिमिरे, कोषाध्यक्ष गंगाराम श्रेष्ठ , ब्यवस्थापक लक्ष्मी पुष्पा भटराई लगायतको कार्यक्रममा सहभागी रहनु भएको थियो । उक्त कार्यक्रममा जेष्ठ शेयर सदस्य पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ, महिला तर्फ पदम कुमारी खतिवडालाई दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो । त्यसैगरि असल ऋणि तर्फ रोशन प्रधान, असल बचतकर्ता प्रितमा निरौलालाई सभाका सभापतिले सम्मान बितरण गर्नु भएको थियो । उक्त अवसरमा सल्लाहकार राजकुमार कार्किवाट घर परिवार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण बिष्टलाई मायाको चिनो प्रदान गर्नु भयो । त्यसैगरि सलाम पाखा बचत तथा ऋण सहकारी संस्था लि का प्रतिनिधि रिता सिलवालाई सल्लाहकार लाल बहादुर खडकाले मायाको चिनो बितरण गर्नु भएको थियो भने पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष संगिता पराजुलिलाई प्राबिधिक सल्लाहकार जनक श्रेष्ठले मायाको चिनो बितरण गर्नु भएको थियो । सोहि अवसरमा २०७९।०८० मा एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तति गोमा पराजुलिका सुपुत्र दिगो भण्डारी , छात्रातर्फ सम्मान एवं पुरस्कार प्राप्त गरेका थिए भने छात्रातर्फ पार्बति श्रेष्को सुपुत्री रसना श्रेष्ठ , र दानशोभा श्रेष्ठको सुपुत्री श्रेया श्रेष्ठलाई उत्कृष्ठ सम्मान एवं पुरस्कार प्राप्त गरेका थिए । उक्त पुरस्कार संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठ , सभाका सभापति तथा संस्थाका उपाध्यक्ष सरस्वति घिमिरेवाट वितरण गरीएको थियो ।कार्यक्रममा प्रमुख अतिथि तथा सुर्य विनायक नगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र केसिले यो सहकारीमा संचालकहरु प्रति म पुर्ण बिश्वासमा छु । यहाँ कहिल्यै पनि बिकृत हुने छैन । त्यसैले संस्थाले गरेको प्रगतिलाई अत्यन्त सकारात्मक सोच लिनु भै शुभकामना प्रदान गर्नु भयो । त्यस्तै सुर्यबिनायक नगरपालिका वडा नं ३ का महिला जनप्रतिनिधि हेमा दाहालले तपाईं हामी सबैले सहकारीलाई हातेमालो गरेर अगाडि बढ्नु पर्छ भनी शुभकामना मन्तब्य दिनु भएको थियो । पाञ्चायण महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संगिता पराजुलिले सहकारीलाई दिगो बनाउनु तपाईं हामी सबैको एउटै लक्ष हो भनी शुभकामना व्यक्त गर्नु भयो । त्यसैगरि सलाम पाखा बचत तथा ऋण सहकारी संस्था लि का प्रतिनिधि रिता सिलवालले हामी महिलाले पनि सहकारीलाई सशक्त भएर भुमिका निर्बाह गरि अगाडि बढ्नु जरुरी छ भन्नु भयो ।


त्यसैगरि घर परिवार बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष श्रीकृष्ण बिष्टले यो सहकारी हामि सञ्चालकमा बस्ने पदाधिकारीहरुको मात्र होईन तपाई हामी यहाँ उपस्थित सवै शेयर सदस्यहरुको हो आजको दिनमा सहकारीले गरेका राम्रा नराम्रा कुराहरुलाइ ओैल्याई आफना मनमा लागेका भावनाहरु व्यक्त गर्ने दिन हो । त्यसैले सञ्चालक समितिमा राम्रा मानिस बस्नु पर्छ भन्ने मेरो मान्यता हो । यहांहरु सदस्य मात्र होईन यहांहरु भनेको नेतृत्वमा पठाउने अग्रज व्यक्तित्व भएकोले यहांहरु सबैमा मेरो तर्फवाट हार्दिक शुभकामना छ भन्नु भयो । त्यसै गरि सहकारी वैंक ठिमी शाखाका प्रमुख सीता भटराईले मैले गर्न सक्ने क्षमता बिकास सम्वन्धि वा कारोवारका बिषयमा म यस सहकारीलाई सक्दो सेवा प्रदान गर्ने बाचाका साथ शुभकामना व्यक्त गर्नु भयो । भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ भक्तपुरका सञ्चालक समितिका कोषाध्यक्ष कृष्णभक्त घजुले सहकारी आफनो सिद्धान्त एवं मान्यतामा बस्नु पर्छ । हामिले निति नियम भन्दा बाहिर गएर यदि काम गर्यौ भने नेपाल सरकारले हामिलाई छुट दिदैन । त्यसैले यो भविष्य वचतले राम्रो प्रगति गरि रहेकोले अझ प्रगति गरोस् भनी शुभकामना दिनु भएको थियो ।
त्यसैगरी सुर्यबिनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले सहकारीमा रकम मात्र जम्मा गरेर ढुक्क नहुनुहोस किनकि सञ्चालक समितले सबैले राम्रो गरेका छन भनी भन्न सकिन्न । यो भबिष्य सहकारी संस्थाको नाम अनुसार काम भएकोले उज्वल भबिष्यको लागि शुभकामना दिनु भयो । त्यसैगरि यस सहकारीका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठले सहकारी सञ्चालकहरुले आफ्ना मान्य मुल्यमा स्थिर गराई अगाडि लानु पर्ने कुरामा जोड दिनु भयो । अन्त्यमा हामिले भए गरेका कामहरु प्रति यहाँहरुले दिनु भएको सुझाबलाई हामिले मनन गर्नेछौ र यस सहकारीको १४ ओै साधारणसभामा आउनु भएका प्रमुख अतिथिज्यू ,अतिथिज्युहरु ,सल्लाहकार ज्यूहरु ,समितिका साथिहरु ,लेखा सुपरवेक्षणका साथिहरु,ऋण उप समितिका साथिहरु,कर्मचारी साथिहरु ,यहाँ उपस्थित शेयर सदस्यज्यूहरु तथा कार्यक्रम सञ्चालक संस्थाका सचिव उदघोषक बिस्वनाथ ढुंगेलज्लाई धेरै धेरै धन्यवाद दिनु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *