राष्ट्रसंघका महासचिव नेपाल आउँदै


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा एन्टोनियोको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *