आजबाट आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण आजदेखि सुरु हुँदै छ ।

उद्घाटन अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुने खेलमा साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल दिवा–रात्रि रूपमा खेलाइने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । इङ्गल्यान्ड र न्युजिल्यान्डबीचको उद्घाटन खेलमा कुमार धर्मसेना र नितिन मेननले फिल्ड अम्पायरको भूमिका निर्वाह गर्नेछन् । फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् ।

प्रतियोगिताको पहिलो दिन एउटा मात्र खेल हुनेछ । प्रतियोगिताका खेलहरू भारतका विभिन्न १० वटा सहरका १० वटा रङ्गशालामा हुनेछ ।

यस पटक विश्वकपमा १० वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *