गुण्डा नाइके रिगलको आममाफीबारे हामीलाई थाहा छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुण्डा नाइके योग ढकाल ‘रिगल’को आममाफीबारे आफुहरुलाई थाहा नभएको बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा रौतहटमा रहेका नेता नेपालले उनले गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् ।

उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले यस विषयमा छलफल गरेको पनि छैन ।’ साथै उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नुपर्ने समेत बताए । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ ।’

साथै चीनले पनि नेपालको नयाँ नक्सालाई मान्यता दिनुपर्ने उनको भनाई थियो । श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *