सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ

काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् ।

विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका थिए । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *