इजरायलविरूद्द इरानी विदेशीमन्त्रीको आक्रोस ‘दुष्ट इजरायलविरूद्द एक हुने बेला भयो’

तेहरान । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ ।’

अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ । गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *