दशैंअघि नै निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी


काठमाडौं । अर्थ मन्त्रालयले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९।८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *