नबिल बैंकको दशैं भिडियो सार्वजनिक


काठमाडौं । नबिल बैंकले युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर बैंकले एउटा सन्देश मूलक दशैं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थिति अनुसार देखिएको समस्यालाई सामनागर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ ।

यस भिडियो मार्फत् उच्चशिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्ने छन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवा आमाको भावना पनि देखाउन खोजिएको छ । नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिककर्जा, युवाउद्यमी कर्जालगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवाप्रदानगर्दै आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *