सहारा नेपालको ३५ जिल्लामा कार्यक्रम


सहारा नेपाल बिर्तामोड २ स्थित चारपानेमा केन्द्रीय कार्यालय रहेको संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग गरेर २८ औं वाषिकोत्सव मनाएको छ । नेपालका ३४ वटा जिल्लामा कार्यसम्पादन गरिसकेको संस्थाले ६६ वटा परियोजना सम्पन्न गरेको संस्थाका सचिव महेन्द्र कुमार गिरीले बताए । जस अन्तरगत जलवायु परिर्वतन, सामुदायिक स्वास्थ्य तथा सरसफाई, विपन्न वर्गलाई आवास, स्वरोजगार तथा उद्यमशीलता, जिविकोपार्जन, सौर्य उर्जा, सरकारसंग साझेदारी, वित्तीय पहुँच, संस्थागत विकासका लागि सामाजिक व्यवसाय, कृषिको दिगो विकास लगायतका योजनाहरुमा रहेर ६६ वटा परियोजना सम्पन्न गरिसकेको त्यसबाट ४ लाख ५० हजार परिवार लाभान्वित भएको सचिव गिरीले बताए । कार्यक्रमकाबीच ह्याविट्याड फर ह्युमानिटीलाई सम्मान गरिएको छ ।

त्यस्तै एक्सन अगेन्स एसीएफकी नेपालका लागि कन्ट्री डाइरेक्टर ओजश्वी आचार्य, उत्कृष्ठ कर्मचारी दिपक लेखी, संस्था स्थापनामा संस्थामा आवद्ध सुनिता हास्दालाई सम्मान गरिएको थियो । राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष श्यामकुमार प्रधानले गरेको कार्यक्रमको सञ्चाल कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले गरेका थिए । यसैगरी विशेष कक्षा सञ्चालन गर्ने दुई वटा विद्यालयलाई नगद सहयोग गरिएको छ ।

बिर्तामोड ९ गरामनीमा रहेको दुर्गा मावि र कनकाई ८ लक्ष्मीपुरको हिमाली माविलाई नगद २५ हजार सहयोग गरिएको छ । यसैबीच संस्थाले वडा दशैंको अवसरमा शुभकामना आदनप्रदान गरेको थियो । सहारा साकोस शिक्षा सदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच संस्थाको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचन समिति संयोजक दिपेन्द्र भट्टाईले प्रमाणपत्र प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *